काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आज जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने र फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै नाउपाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरेर बन्दका कार्यक्रम फिर्ता लिएको जनाएका छन् ।
‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबुल भइसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानून संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता संसद्मै जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसूस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।


अनलाइन डबली

