
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रम आजै ४ बजे बस्ने संसदको संयुक्त बैठकमा सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन् ।