आज :

जनता बेचेर खाने कस्तो कल्पना , यो जस्तो लज्जास्पद र दुःखदायी के होला ? : लिङ्देन

  • बुद्धशरण शाही

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका राजनैतिक दलका नेताहरुलाई इंगित गर्दै जनता बेचेर खाने कस्तो कल्पना होला ? यो लज्जास्पद र दुःखदायी भएको बताउनु भएको छ ।

बिहीबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोधसभामा बोल्दै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको र  विश्व जगत्मा नेपालको बदनाम भएको बाताउनु भयो ।अध्यक्ष लिङ्देनले भन्नु भयो “ जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नुले विश्वमा नेपालको शिर झुक्ने काम भएको छ । ”

उहाले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्यविरुद्धको अपराध भएको बताए। उनले भ्रष्टाचारमा संलग्न कुनै पनि मानिसले उन्मुक्ति पाउनु नहुने बताउनु भयो । उहाले अपराधमा संलग्नलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कृत्यसम्बन्धीको अपराध मुद्दाहरू चलाउन सरकार संग आग्रह गर्नु भयो ।

“ एउटा मात्रै काण्डको छानबिनले नपुग्ने , विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्छ। ” उहाले भन्नु भयो , र  राप्रपा कुनै पनि भ्रष्टाचारी उम्कने कुराको पक्षमा नरहेको उल्लेख गर्नु भयो ।

 

 फोटो – बुद्ध शरण शाही 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal