आज :

तीन दिनभित्र रमानाबारे कर्मचारीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

  • अनलाइन डबली

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको/दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

एक साताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्णयअनुसार वैशाख २७ गते मन्त्रालयले सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो ।

सोही परिपत्रको कार्यान्वयनका लागि मन्त्रालयले बुधबार तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए ।

परिपत्रमा भनिएको छ, ‘मन्त्रालय÷आयोग÷सचिवालय÷प्रदेश वा अन्तर्गत्का कार्यालयहरु र स्थानीय तहहरुमा सरुवा÷पदस्थापना÷कामकाज÷काजमा खटाइएका र काज फिर्ता गरिएको संघीय निजामती कर्मचारीहरुको रमाना दिए÷लिएको विवरण मिति २०८०÷०२÷०७ गतेभित्र उपपलब्ध गराइदिनुहुन मन्त्रालयको निर्णयअनुसार अनुरोध छ ।’

यसअघिको परिपत्रमा रमाना भई नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्ने समेत उल्लेख थियो ।

मन्त्री मोदीको निर्णयपछि रमाना नलिई बसेका दर्जनभन्दा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र संघीय कार्यालय मातहतका कर्मचारीहरुले रमाना बुझेका छन् ।

रमाना लिए÷दिएका विवरण प्राप्त भएपछि अटेरी गर्नेहरुमाथि अन्य कारबाहीका प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal