आज :

एकीकृत समाजवादीका नेताहरूसँग गृहमन्त्रीले भने- दाेषी काेही उम्किन पाउँदैनन्

  • अनलाइन डबली

काठमाडाैं । उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दवाव वा प्रभाव आएपनि छुट दिन नसकिने बताउनुभएको छ। साथै दोषी नउम्कने, निर्दोष नफस्नेगरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारी समेत उहाँले दिनुभएको छ।

एकीकृत समाजवादीका मोर्चा संगठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित ३० भन्दा बढी नेताहरू संलग्न प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री श्रेष्ठलाई आज मन्त्रालयमा ज्ञापनपत्र दिएर नक्कली शरणार्थी प्रकरणका सबै अपराधीलाई गिरफ्तार गरी हदैसम्मको कानुनी कार्वाही गर्न माग गरेको सन्दर्भमा उहँले सो धारणा व्यक्त गर्नुभएको हो।

एकीकृत समाजवादीले यस काण्डका अपराधीलाई कानूनी कावाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आमनागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकोमा सरकारलाई धन्यवाद समेत दिएको छ। देशका उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरूले नै आफ्ना नागरिकलाई अर्को देशको नक्कली नागरिक बनाएर मानव बेचविखन, राष्ट्रप्रति धोखा र राष्ट्रद्रोहको कुकर्म गरेको तर यसलाई आधार बनाएर विभिन्न आवरणका प्रतिगामी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजेकोप्रति चनाखो हुनुपर्ने एकीकृत समाजवादीको अडान छ।

विगतका धेरै भ्रष्टाचार काण्डहरू बीचैमा सामसुम पारिएका हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलोमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न एकीकृत समाजवादीले ध्यानाकर्षण गराएको छ।

यसैबीच मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय टोलीले आजै उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीहरूलाई कार्वाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन आग्रह गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal