आज :

सरकारले सार्वजनिक यातायात भाडा घटायो, नागरिकलाई थोरै भएपनि राहत

  • अनलाइन डबली

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

आजदेखि लागु हुने गरी विभागले लामो दूरीका सवारी र मालबाहक गाडीको भाडादर घटाएको हो । विभागले यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले र पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४।६५ प्रतिशतले भाडा घटाएको छ ।

विभागको नयाँ भाडादर अनुसार काठमाडौँबाट सबैभन्दा लामो रुट पर्ने अत्तरीया, बाजुराको मार्तडी (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर पर्ने भएको छ ।

काठमाडौं–अत्तरीया–चैनपुर (९४४ किमी) को २९४३ रुपैयाँ, काठमाडौं–धनगढी–साँफेबगर (८९९ किमी) को २६९३, काठमाडौं–अत्तरीया-सिलगढीको २४०८, काठमाडौं-महेन्द्रनगरको १९१५, काठमाडौं-सुर्खेतको १७४०,काठमाडौं-धनकुटाको १७२७, काठमाडौं-विराटनगर १४९८ कायम भएको छ ।

त्यसैगरी महेन्द्रनगर-काँकडभिट्टा ९९२२ किमी० को २४७५, सुर्खेत-धरानको २४४२ रुपैयाँ र काठमाडौं-जनकपुर ९०३, भाडा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal