आज :

मन्त्री शर्माको पहलमा आजबाट भारत र थाइल्याण्डमा रोमिङ सेवा भारी मात्रामा घट्यो, भारतबाट नेपालमा ७ रुपैयाँमा कल 

  • अनलाइन डबली

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा आजबाट भारत र थाइल्याण्डमा प्रयोग हुने रोमिङ सेवामा भारी मात्रामा घटेको छ । मन्त्री शर्मा भारत भ्रमणको क्रममा नेपाल टेलिकमको रोमिङ सेवा महंगो भएको भन्दै घटाउन पहल गरेकी थिइन् ।

त्यस्तै, थाइल्याण्डमा रोमिङ सेवाको महसुल महंगो भएको भन्दै गुनासो आएको थियो । मन्त्री शर्माको निर्देशनमा नेपाल टेलिकमले आफ्नो प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाएको हो ।

घटाएको मूल्य आजबाट लागु भएको छ । अब टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर भारत जाने सेवाग्राहीले प्रतिमिनेट ७ रुपैयाँमै कुरा गर्न पाउने भएका छन् । यसअघि ३० रुपैयाँ तिर्दै आएका थिए ।

त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रु. ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने छ । यसअघि अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने गरेक‍ो थियो ।

थाइल्याण्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्ने छ । यसअघि यही सेवा प्रयोग गर्दा १३५ प्रतिमिनेट तिर्नुपर्ने बाध्यता थियो ।

त्यसैगरी कल उठाउँदा प्रति मिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्ने छ । यही सेवा यसअघि अन्य नम्बरबाट आएको कल उठाउँदा रु. ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस रु. ३४ लाग्थ्यो ।

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी रु. ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यसअनुसार प्रति एमबी करिव रु. ५ मात्र लाग्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal