आज :

६ महिनापछि आज १० वटै संसदीय समितिको बैठक 

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभाका १० वटै संसदीय समितिका बैठक आज बस्न लागेका छन् । चुनावपछि सरकार गठनमा भूमिका खेलेको प्रतिनिधिसभा संसदीय समितिविहीन जस्तै थियो ।

सभामुख देवराज घिमिरेले ६ महिनापछि १० वटै समितिका बैठक राख्न सुझाव दिएको संसद सचिवालयले जनाएको छ । कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाहको लागि बिहान ९ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए ।

संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भइरहेको छ ।

समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता हाल तत्तत् समितिका ज्येष्ठ सदस्यले गर्नु हुनेछ । समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन् ।

समितिको प्रमुख कार्यजिम्मेवारी भनेको सचिवालयमा दर्ता भई सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निकष्कर्षमा पुर्‍याउनु रहेको छ । अधिकांश समिति करीब २५ सदस्यीय बनाइएको छ ।

संसद्का काम कारबाहीलाई व्यवस्थित रूपले सम्पादन गर्न संसदीय समिति प्रणाली विकसित भएकाले सभाका कामलाई सघाउने गर्छन् । कतिपय सवालमा दोहोरो संवाद गरी छलफल गर्नुपर्ने, अनुगमन निगरानी गरी प्रतिवेदन तयार गर्नुपर्ने तथा विधेयकमाथि प्रत्येक शब्द र प्रावधानमाथि छलफल हुनुपर्ने भएकाले समितिले सभाको कार्य जिम्मेवारीलाई सहज तुल्याउन सहयोग पुर्‍याउँछ ।

समिति गठनबारे सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शिर्ष नेताहरुबीच पछिल्ला दिनमा लगातार संवाद भइरहेको छ । शिर्ष नेताहरुले प्रमुख प्रतिपक्ष रहेका नेकपा एमालेलाई सार्वजनिक लेखासहित तीन समितिको नेतृत्व दिने माेटामोटी जुटाएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal