आज :

पञ्चाको गर्जन्ः गणतन्त्र र माओवादीविरुद्ध विषवमन गर्नेहरु खबरदार ! (फोटो फिचर)

  • अनलाइन डबली

काठमाडौं । अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्र र माओवादी विरुद्ध खुलेआम अपराधिक भाष्य स्थापित नगर्न चेतावनी दिएकी छन् । सोमबार राजधानी स्थित राष्ट्रिय नाचघरमा भएको ५९औं विद्यार्थी दिवसलाई सम्बोधन गर्दै गणतन्त्रवादीहरु एकजुट हुनुपर्नेमा जोड दिएकी छन् ।

अखिल(क्रान्तिकारी) अरुको जस्तो सरल र सहज तरिकाले नभई जनयुद्धको आँधीहुरीमय धरातलबाट उठेको संगठन भएकाले आफूहरुलाई हल्का नलिन चेतावनी दिईन । आफ्नो संगठनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारका हिम्मतिला कदमलाई सडकबाट साथ दिइरहेको बताउँदै भनिन् “म जस्ता हजारौं युवाहरु तपाईको साथमा छौं, खुट्टा नकमाई देश र जनताका दूस्मनहरुलाई निर्धक्क भएर ठेगान लगाउनुस् ।”

आफ्ना अगाडी बसेका माधव नेपाल,अग्नी सापकोटा, बाबुराम भट्टराई,विप्लवलाई इंगित गर्दै सिंहले भनिन“प्रतिगमनकारीहरु गणतन्त्रका विरुद्ध खुलेआम भाष्य तयार गर्दै छन्, तपाईहरु एकजुट भएर तिनीहरुका षड्यन्त्र धुजाधुजा पार्नु पर्यो । विद्यार्थी संगठनहरु कुनै पार्टी विशेषका एजेण्डा लागू अस्त्र बन्ने भन्दा पनि माउपार्टीका एसम्यान हुने प्रचलनलाई तोडेर सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने ठाउँमा जानुपर्नेमा जोड दिईन् ।

आफूहरुले भुटानी शरणार्थी प्रकरणमा निस्पक्ष अनुसन्धानका लागि सरकारलाई सडकबाट साथ दिइरहेको र अरुपनि भ्रष्टाचारका फाईल खोल्न सल्लाह दिइन् । शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी गिरफ्तार परेपछि मात्रै एमाले निकट अखिल बोल्न थालेको प्रशंग उप्काउँदै भनिन्,“आफ्ना पार्टी सचिव पक्राउ परेपछि म्याउँ गर्ने अखिल जस्तो हामी हैन ।”

सिंहले अबको विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट उठान गरेर विक्रितपूर्ण शैक्षिक क्षेत्रको सुधार र समाज रुपान्तरणमा लगाउने बताईन ।
सो कार्यक्रममा नेकपा(एकीकृत समाजवादी अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री डा.बाबुराम भट्टराई,नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व–सभामुख अग्नी प्रसाद सापकोटा,नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रवीक्रम चन्द‘ विप्लव’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले लामो संघर्ष, त्याग र बलिदानबाट आएको गणतन्त्रलाई दुसित ब्याख्या गर्ने विरुद्ध एक भएर मुकाविला गर्नु पर्ने धारणा राखे । कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका अध्यक्षहरु तथा हजारौं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal