आज :

एमाले सचिव टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थिति गराइँदै, कसको घरमा लुकेका थिए ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आराेपमा रायमाझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझीलाई प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीले वैशाख २० गते नै पक्राउ पुर्जी गरेको थियो ।

गृहजिल्लाबाट काठमाडौंको लागि हिडेका रायमाझी सम्पर्कविहीन भएपछि प्रहरीले फरार सूचीमा राखेर खोजी कार्य जारी राखेकाे थियो ।

प्रहरी स्रोतका अनुसार रायमाझी बुढानिलकण्ठस्थित आफन्तको घरमा लुकेर बसेका थिए । संचारमाध्यम तथा सामाजिक संजालमा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमै रायमाझी लुकेर बसेको आरोप लागेको थियो ।

एमालेले निलम्बन गर्दै प्रहरी अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको थियो तर रायमाझी लुकेर बसेका थिए ।

रायमाझीसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal