
काठमाडौँ । शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका अर्का नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले पूर्वसांसद समेत रहेका काँग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
शेर्पा रामेछाप १ बाछ २०७० भएको दोस्रो संविधान सदस्यमा निर्वाचित भएका थिए । उनी काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् ।
प्रहरीले शेर्पा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै पक्राउको लागि अदालतसँग अनुमति मागेको थियो । प्रहरीले शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । तर, शेर्पा घरमा नभेटिएका बताइएको छ ।
पूर्वगृहमन्त्री खाँणलाई घटनामा नमुछ्न आग्रह गर्दै शेर्पा दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए ।
प्रहरी हिरासतमै पुगेर शेर्पाले कांग्रेसका केन्द्रीय समेत रहेका खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने खबर पुर्याएका थिए । दुलालमार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर खाँणलाई बुझाएको अनुसन्धानको क्रममा खुलेको थियो । उक्त रकम खाँण र गृहसचिव पाण्डेको लागि मन्त्रालयमै बुझाएको अनुसन्धानको क्रममा खुलेको छ ।