काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै बालुवाटार पुगेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट्न देउवा र ओली फरक फरक समयमा आइतबार विहान बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा शीर्ष नेताबीच छलफल भएको छ ।
विहान १० बजेबाट सुरु भएको भेटवार्ता यो समाचार तयार पार्दासम्म जारी रहेको छ । तीन नेताबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाबारे पनि छलफल भएको बताइएको छ ।
नक्कली भुटानी शरणार्थीमा काँग्रेस र एमालेका नेताहर तानिन थालेपछि देउवा र ओलीले प्रचण्डलाई भेट्दै आएका छन् । एमालेले देश गम्भीर आवस्थामा पुगेको भन्दै मुख्य दलबीच सहमति आवश्यक रहेको बताएको छ ।