आज :

बाखमुतमा अमेरिकी सेनाका कमाण्डरको मृत्यु, युक्रेनमा अमेरिकी सेना रुससँग लडिरहेको पुष्टी

  • अनलाइन डबली

काठमाडौं । केही दिनदेखि युक्रेनको बाखमुत क्षेत्रमा लडाइँ भिषण भइरहेको छ । रुसले क्रेमलिनमा ड्रोन हमलापछि सो क्षेत्रमा लडाइँ भिषण बनाएको छ । सामरिक महत्वको उक्त क्षेत्रलाई रुसले करिबकरिब कब्जामा लिइसकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

बखमुतमा युक्रेन पराजय भएपछि किभसमेत गुमाउने भएपछि उसले पनि अन्तिम शक्ति लगाएर रुसको प्रतिकार गरिरहेको छ । अमेरिका, बेलायत, क्यानाडासहितका देशमा स्पेशल फोर्सले पनि रुससँग लडिरहेकाे पुष्टी भएको छ । अहिलेसम्म पश्चिमा देशहरुले युक्रेनमा आफनो सेनाले लडिरहेको कुरालाई अस्वीकार गर्दै आएका छन् ।

तर, बखमुतको पछिल्लो लडाइँमा अमेरिकी सेनाका एक उच्च‍ कमाण्डरको मृत्यु भएको रुसी र भारतीय संचारमाध्यमहरुले बताएका छन् । समाचारमा अमेरिकी सेनाकाे कमाण्डोका कमाण्डरको फोटो पनि देखाइएको छ ।

अमेरिका सेनाको कमाण्डो लडाइँको नेतृत्व गर्ने दस्ता हो । इराक-अफगानिस्तानमा पनि कमाण्डोले नै नेतृत्व गरेको थियो ।

यसअघि अमेरिकासहित पश्चिमा देशहरुले हतियारमा मात्रै सहयोग गरिरहेको बताउँदै आएपनि लडाइँमा ती देशका नागरिकको मृत्यु भइरहेको थियो । उनीहरु सेनाबाट अवकाश प्राप्त नागरिक हुन नसक्ने भन्दै पश्चिमा देशहरुले युक्रेनमा सेना पठाएको अस्वीकार गर्दै आएका थिए ।

तर, बाखमुतमा कमाण्डको कमाण्डरको नै मृत्यु पुष्टी भएको छ ।

बेलायतले २५० किलोमिटर टाढासम्म मार हान्ने मिसाइल उपलब्ध गराएको छ । बेलायतले उपलब्ध गराएको मिसाइल बमुखतमा पुगेको बताइएको छ ।

नुन र जिप्सन खानी बखमुत पर्यकीकय क्षेत्र पनि हो । यो रुसको सीमाबाट १०० किल‍ोमिटर टाढा रहेको छ ।

रुस र युक्रेन दुबैले बखमुतलाई अस्तित्वको सवाल बनाएर लडाइँ लडिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal