
काठमाडौ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्नी प्रसाद सापकोटाले उथलपुथलकारी दशवर्षे जनयुद्धमा मर्न नडराएको आफ्नो पार्टी र नेताहरु भ्रष्टाचार सफाई अभियानमा कसै सामु झुक्ने र सम्झौता नर्गे प्रष्ट्याएका छन् । शनिबार काठमाडौंको पेरिस डाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको उद्यमशीलताको विकास तथा उत्पादन सम्बन्धी एक दिने कार्यशालामा उनले सो प्रतिबद्धा जाहेर गरेका हुन् ।
पूर्व सभामुखसमेत रहेका सापकोटाले शान्ती कालमा माओवादी अल्मलिएको जस्तो भएपनि अहिले आएर लय पकड्न थालेको महशुस भएको बताए । राजसंस्थाको बहिरगमन र गणतन्त्र स्थापना जनयुद्धको बलमा भएको बताउँदै भने,“अब देश र जनताकोे भ्रष्टाचाररुपी दुष्मनको सफाई गरेर समाजवाद स्थापनाको मार्ग कोर्ने जिम्म पनि माओवादीको काँदमा आएको छ, पुनः दृढ बन्नुस कमरेडहरु ।”
वास्तविक नायक जनता भएको र अफूहरु निमित्त पात्र मात्रै भएकोले जनविरोधी कार्य गर्न कसैलाई छुट नहुने उनको बुझाई छ । जनताले भ्रष्टहरुलाई कारवाही चाहेका छन्, प्रधानमन्त्री प्रचण्डले युद्धकालिन हिम्मत जुटाउनु पर्छ, जनताका दूष्मनहरुलाई कालकोठरीमा जाक्नु पर्छ, सापकोटाले अगाडी भने ।
सापकोटाले एक हिस्सा सरकार–सत्ता र आर्को हिस्साले पार्टी संगठन चलाउने नीति अनुसार आफू विगतका तीन वर्ष सभामुख भएर बसेपनि अब पार्टीमा सक्रिय हुने बताए । विगतमा बटुलेका महत्वपूण अनुभवहरु आफूले पार्टी र संगठन बलियो बनाउनमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दै सबै नेता कार्यकर्ता उत्साहित भएर लाग्न अनुरोध गरे ।
पार्टीका हरेक कार्यकर्तालाई अर्थिक हिसाबले आत्म निर्भर बनाउने हेतुले चलाईको आजको कार्यशालमा तीन जानले अवधारणा प्रश्तुत गरेका थिए । दीपक बुढाको अवधारणामा गहन र पार्टीलाई आवश्यक भिजन भएको, गणेष आचार्यको सैद्धान्तिक र गोपाल भण्डारीको व्यवहारिक अवधारण भएकोले सबै विशिष्ठ रहेको र पार्टीले प्रयोग गर्न लायक भएको सापकोटाले बताए ।
अर्थ तथा उत्पादन विभागका इन्चार्ज मोहनदेव विष्टले पार्टीमा निकै राम्रा प्रतिभाहरु भएको र अव ती प्रतिभाहरुको क्षमता प्रयोग गरेर देश बनाउन सकिने बताए । सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष श्रीकृष्ण अधिकारीले निकै राम्रा र व्यवहारिक अवधारणाहरु आएकाले त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने धारणा राखे ।