आज :

सरसफाईको ११औं हप्ता, मन्त्री किरातीसँगै जुट्यो अखिल क्रान्तिकारी

  • अनलाइन डबली

काठमाडौं । संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सुरु गरेको सरसफाई अभियानमा पञ्चा सिंह नेतृत्वको अखिल(क्रान्तिकारी) जुटेको छ । पशुपति क्षेत्रको सरसफाई अभियान वैशाख ३० गते शनिबारकोे ११औं हप्ताका दिन कैलाश डाँडा क्षेत्रमा वृक्षारोपाँण कार्यक्रम सम्पन्न भएको छ ।

“भ्रष्टाचार हाम्रो शुत्रु हो, भ्रष्टाचार हामिलाई असह्य छ, नागरिकलाई शरणार्थी बनाउने देश द्रोही हुन् ।” भन्ने प्लेकार्ड सरिरमा भिरेर सफाई गरिरहेका मन्त्री उत्साहित देखिन्थे । उनले भ्रष्टाचारको विरोध माईतिघर मण्डलामा बसेर मात्रै होइन यसरी भौतिक फोहर मैला सफा गरेर पनि सफा गर्न सकिन्छ भन्ने सन्देश दिन प्लेकार्ड भिरेको जवाफ दिए । ‘हामीले पशुपतिको सफाई गर्दै गर्दा देशको उच्च ओहदामा बस्नेहरुले शक्तिको अडमा थुपारेका व्यथिति–विसंगतिको फोहरका फाईल खोल्दै देशलाई सफा गर्ने महाअभियानमा छौं’, मन्त्री किरातीले अगाडी भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सकारात्मक परणाम लिएकोप्रति खुसि व्यक्त गर्दै किरातीले भने,“जनताले साथ दिएसम्म भ्रष्टाचार र भ्रष्टहरुका करङ भाँच्ने कार्यले निरन्तरता पाउँछ ।” अख्तियारले संस्कृति पर्यटन मन्त्रालय भित्रका भ्रटाचारलाई छानविन गरिरहेको र केही फाइलहरु खोल्ने तयारीमा रहेको पनि बताए ।
पशुपति आर्यघाटमा निशुल्क दाहसंस्कार गर्ने व्यवस्थाले छिट्टै पूर्णता पाउने उनको जिकिर थियो । दाउराबाट भन्दा विद्युतिय दाहशंस्कारलाई प्रोत्सहान दिने नीति रहेको बताउँदै पाँचवटा विद्युति दाहसंस्कार गृह थप्न लागेको पनि जानकारी मन्त्री किरातीले दिए ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले मन्त्री किरातीको अभिया सर्हानिय भएको र उनको सफाई अभियानलाई आफ्नो संगठनले साथ दिने बताईन् । सो अभियान नमुना भएको र सबैले अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरिन् । शरिरमा भिरेको भ्रष्टाचार विरोधी प्लेकार्ड देखाउँदै भनिन्,“बाहिरी फोहरसँगै हाम्रो पार्टी नेतृत्वको सरकारले भित्री फोहर पनि सफा गर्नपर्छ भन्ने हो ।”

भक्तपुर निवासी अभियान्ता सालिकराम पाण्डेले पहिलोपटक मन्त्रीको स्तरबाट सफाई अभियान सुरु गरेकाले मन्त्री सुदन किरातीलाई धन्यबाद दिए । पशुपतिको सफाई र भ्रष्टाचार अभियान संगै बढेकाले खुसि पनि व्यक्त गरे । अर्का अभियान्ता दुर्गाप्रसाद भट्टराईले बाहिरी सफाईसँगै पशुपति भित्रको अनियमितताको सफाई गर्नु पर्ने धारणा राखे ।
विद्यालयका विद्यार्थीहरुसँगै भ्रमणमा निस्किएका कपुरधारा स्थित हिमालय एकेडमीका विद्यालय इन्चर्ज सञ्जय क्षेत्रीले मन्त्री आफैले फोहोर सफा गरेको पाउँदा गर्वको महसुस भएको बताए । स्कूलका होस्टेल वार्डेडेन तथा शिक्षक अनिस बास्तोलाले यस्ता कार्यले देशमा नयाँ उत्साहको सुरुवात हुने धारणा व्यक्त गरे । बास्तोलाले आफ्ना विद्यालयका बालबालिकाले मन्त्री किरातीको अभियान देख्न पाउँदा निकै खुसि भएको बताए ।

सो सफाई अभियानमा कलाकार कृष्ण कडेल, चेतन सापकोटा, अखिल क्रान्तिकारीको केन्द्रीय समितिका सदस्यहरु, मन्त्रालयका कर्मचारी, आर्मी,पुलिस र विभिन्न संघसंस्थाहरुका अभियान्ताहरुको सहभागिता रहेको थियो । हरेक सनिबार विहानको समयमा हुने सफाई अभियान देशभरी विस्तार गरिने मन्त्रालयले बताएको छ ।


प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal