आज :

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा

  • अनलाइन डबली

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार रिहा भएका छन्  ।

 गत मंगलबार उहालाई इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो ।  प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको  पाकिस्तानको सर्वोच्च अदालतमा ३ जना न्यायाधीशको संयुक्त इजलासले पुर्व प्रधानमन्त्री खानको गिरफ्तारीलाई अमान्य र कानूनसम्मत नभएको बताए संगै बिहिबार रिहा गर्न आदेश जारी गरेको थियो । ।

रिहा भएपछि उहाँ शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएको छ ।

आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्न समेत आदेश दिएको छ ।

पूर्वप्रधानमन्त्री खानले अदालतमा आफूलाई इस्लामावाद भन्दा बाहिर रहेको आफ्नो फार्म हाउसमा फर्किनका लागि स्वीकृति दिन आग्रह गरे तापनि   खान सर्वोच्च अदालतको हिरासतमा रहने र आफ्ना नजिकका आफन्तहरूसँग मात्र भेट्न सक्ने खानका वकिल बाबर अवानले बताए  ।

पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि पाकिस्तानका विभिन्न शहरहरूमा प्रदर्शन चर्किएको थियो ।

 अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले उनलाई  गएको मंगलबार  गिरफ्तारी गरेको थियो  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal