आज :

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर, ५० लाख डलर पीडित महिलालाई दिनुपर्ने 

  • अनलाइन डबली

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै अदालतमा मुद्दा हालेकी थिइन् । मुद्दामा उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् ।

अदालतको फैसलापछि ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् ।

ट्रम्पका प्रवक्ताले फैसला राजनीतिबाट प्रेरित बताएका छन् । उनले ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको फैसला आएको भन्दै अपिल गर्ने ट्रम्पको योजना रहेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal