
काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई लुकाएको आरोप लागिरहेको बेला प्रहरी अनुसन्धानमा सहयोग गर्नुपर्ने निर्णय गरेको छ ।
रायमाझीलाई लुकाएको भन्दै चतर्फी विरोध भएपछि एमालेले औपचारिक रुपमा पहिलो पटक धारणा सार्वजनिक गरेको हो ।
मंगलबार बसेको सचिवालय बैठकले रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकका निर्णय पत्रकारलाई जानकारी दिँदै गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको बताए ।
रायमाझी दोषी ठहर नभएको र अनुसन्धान निष्कर्ष पुगिनसकेको बताउँदै गुरुङले निलम्बनमा हतार नगर्ने बताए ।
संचारमाध्यमदेखि संसदसम्म एमालेले नै रायमाझीलाई लुकाएको आरोप लागिरहेको छ ।