आज :

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामबाद उच्च अदालत बाहिर मंगलबार उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन्। इस्लामबादका आइजीले यसको पुष्टि गर्दै अलकादिर ट्रस्ट मुद्दामा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्। यससँगै इस्लामबाद प्रहरीले सम्भावित  बिरोध प्रदसन लगाएत गतिविधि रोक्न धारा १४४ जारी गरेको छ। यसको उल्लंघन गरे कारबाही गर्ने प्रहरीले जनाएको छ।

पाकिस्तान तहरीक-ए-इन्साफ( पीटीआई ) ले पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट जबर्जस्ति अपहरण गरेको आरोप लगाएको छ। सो  पार्टीका प्रभावसाली नेता फवाद चौधरीले पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गर्नुका साथै उनका वकिल र  समर्थनमा रहेका सर्वसाधारणलाई समेत यातना दिएको बताए। तत्काल अदालतमा पेस गर्नु पर्ने उनले जिकिर गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal