आज :

कांग्रेस मोरङले भन्यो : हामीले पार्टीभित्र एकता चाहेका हौं

  • अनलाइन डबली

मोरङ । नेपाली कांंग्रेस मोरङले पार्टीभित्र देखिएको विवाद समाधान गरि अघि बढ्नुपर्ने जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्लाका उपसभापति तथा महासमिति सदस्य नागेश कोइरालाले पार्टीको एकता, संस्थागत मर्यादा र जनविश्वास जोगाउन सबैको दायित्व भएको उल्लेख गरेका छन् ।

अहिलेको अवस्थामा देखिएको विवाद समाधान गरि सबैलाई पार्टीको एकतामा बाध्न सक्नुपर्नेमा जोड दिएका जिल्ला उपसभापति कोइरालाले कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाउने सर्वोच्च लोकतान्त्रिक अभ्यास हुनुपर्ने उल्लेख गरे ।

उपसभापति कोइरालाले भने, ‘यतिबेला पार्टीभित्र एकता चाहेका हौं । जसमा सबैको सहमति र सहभागितामा हुने एकताको महाधिवेशन सबैको अन्तरआत्माको चाहना रहेको छ । जसले पार्टीलाई बलियो, सबल र सक्षम बनाउन अहम भूमिका खेल्नेछ ।’

पार्टीभित्र आजको आवश्यक्ता गुटको विस्तार भन्दापनि एकता, जित हारको राजनीतिबाट टाढा, सहमतिको राजनीति र फरक फरक महाधिवेशन भन्दापनि साझा एकताको महाधिवेशन रहेको उनको भनाई छ ।

त्यसैगरि, मोरङ क्षेत्र नम्बर ६ ‘ख’ का सभापति मधुबाबु तिवारीले विवाद समाधान नगरि अघि बढाइएको दुईवटा महाधिवेशन प्रक्रियाले समस्या समाधान गर्नुको सट्टा पार्टीभित्र समानान्तर संगठन, नेतृत्व र वैधानिकता दाबी सिर्जना गर्ने दाबी गरे।

पार्टीभित्रको पछिल्लो घटनाक्रमले तल्लोतहमा असन्तुष्टि बढ्दै गएको बताएका तिवारीले पार्टीको एकता, लोकतान्त्रिक मूल्य मान्यता, संस्थागत मर्यादा र ऐतिहासिक विरासतको संरक्षण नै नेताकार्यकर्ताको प्राथमिकतामा रहेको प्रष्टाए।

पार्टीभित्र देखिएका समस्या समाधान नगरि जबरजस्तरुपमा अघि बढिरहँदा विभाजनको जोखिम बढाउने तिवारीको भनाई छ ।

विज्ञप्तिमा महासमिति सदस्य क्षेत्र नम्बर २ बाट गोपालमानसिंह राजभण्डारी, क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि निरञ्जन रिजाल, मोरङ क्षेत्र नम्बर ६का महासमिति सदस्य तथा पूर्वमुख्यमन्त्री केदार कार्की, लगायतले पार्टीलाई विभाजनभन्दापनि एकताको बाटोमा अघि बढाउन नेताहरुले सक्रियतालाई तीव्रता दिन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal