
काठमाडौँ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई स्मरण गर्दै आज कानुन दिवसका मानिदै छ ।
विसं २००९ वैशाख २६ गतेबाट नेपालमा प्रधान न्यायालय ऐन लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।
प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरि सर्वोच्च अदालतले यो दिवस मनाउदै आएको छ ।
कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष झैँ आज दिउसो २ बजे शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रम गर्दै छ ।