आज :

आजबाट प्रि-बजेटमाथि छलफल सुरु

  • अनलाइन डबली

काठमाडौं । आजाबाट संसदमा प्रि-बजेटमाथि छलफल सुरु हुँदैछ । प्रि-बजेटको रुपमा हेरिने बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि  छलफल गर्न प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।

संसद सचिवालयका अनुसार आजदेखि २७ गतेसम्म प्रि-बजेट छलफल हुनेछ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल हुनेछ । अर्थमन्त्री प्रकाशशरण महतले २७ गते त्यसको जवाफ दिने कार्यक्रम रहेको छ ।

जेट अधिवेशनको पहिलो दिन वैशाख २४ गते अर्थमन्त्री डा. महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिसकेका छन् ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । अर्कोतर्फ नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही वैशाख २७ गते नै प्रि-बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ ।

प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal