आज :

खुट्टा नकमाउ प्रचण्ड, जनता साथमा छन्ः नवल खड्का

  • अनलाइन डबली

काठमाडौँ । अभिनेता तथा चलचित्र निर्माता नवल खड्काले सरकारले दुलो भित्र पसेका भ्रष्टाचारलाई बाहिर निकल्ने कार्यको सुरुवात गरेको बताउँदै त्यसबाट पछि नहट्न सुझाव दिएका छन्  । उनले नक्कली शरणार्थी खडा गर्नेजस्तो गम्भीर अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याउन थालेको भन्दै दोषीलाई कारवाही गर्नुपर्ने बताए ।

संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले भने, “दुलोभित्र लुकेका भ्रष्टाचारीलाई बाहिर निकाल्न सरकारले सुरु गरेको कार्य प्रसंशनीय छ, यसबाट पछि हट्नु हुँदैन । दोषीलाई छुटाउन खेल सुरु भएको छ, खुट्टा नकमाउ प्रचण्ड, जनता साथमा छन् ।” सरकारले जनतासँग गरेको प्रतिवद्धतामा अघि बढ्दा घेराबन्दी सुरु भएको भन्दै खड्काले बरु सरकारबाट हट्नु परे परोस् तर पछि नहट्न प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन् ।

भ्रष्टाचारकै कारण देश अहिलेको अवस्थामा पुगेको भन्दै खड्काले ओम्नी, ७० करोड, ३३ किलो सुन, ट्यांकी, बाइडबडीजस्ता काण्डको फाइल पनि खोल्न सरकारलाई आग्रह गरे । भ्रष्टाचारीको फाइल खोल्न सुरु गरेपछि सरकारलाई अप्ठ्यारो पार्ने खेल सुरु भइसकेको बताउँदै खड्काले भने “जनतासँग गरेको वाचा कार्यान्वयन गर्न सुरुदेखि नै सरकारविरुद्ध घेराबन्दी पार्ने खेल सुरु भइसकेको छ, बरु सरकारबाट हट्नु परोस् तर भ्रष्टहरुलाई कारवाही गर्ने कदमबाट पछि हट्नु हुँदैन ।” आवश्यक परे हामी सडकमा आउन तयार रहेको उनले बताए ।

देशको सीमना दिनदिनै मिचिरहेको र देशको रक्षाको लागि एकजुट हुने सन्देश दिन आफूले चलचित्र ‘काँडेतार’ निर्माण गरेको तर सरकारले सन्सेर गरेको बताउँदै प्रदर्शनको लागि सबैसँग आग्रह गरे ।

यसअघि निर्माण गरेका आवाज, दशगजा, भीमदत्ता चलचित्र निर्माणमा पनि आफूले दुःख पाएको स्मरण गर्दै खड्काले स्क्रिप्ट गृहमन्त्रालयले स्वीकृत गरेकोले काँडेतार जस्ताको त्यस्तै प्रदर्शन हुनुपर्ने माग समेत राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal