
काठमाडौँ । संखुवासभामा भएको सिम्रिक एयरको होलिकोप्टर दुर्घटनामा परी क्याप्टेनसहित दुई जनाको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर जिल्लाको भोटखोला–४ मा दुर्घटना भएको हो ।
शुक्रबार दिउँसो १ बजे सो हेलिकोप्टर दुर्घटना भएको स्थानीयले बताएका छन् । लुक्लामा रहेको सिम्रिक एयरको अर्को हेलिकप्टर, नेपाली सेना र स्थानीयले उद्दारमा खटिएका छन् ।
हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । हेलिकोप्टरमा रहेका छिरिङ भोटे भने सकुशल रहेको बताइएको छ ।
घाइते दुबै जनाको अवस्था गम्भीर रहेको छ ।