बुटवल । प्रधानमन्त्री प्रचण्डले क्रान्ति र शान्ति एक अर्काका पूरक भएको बताउँदै त्यसलाई बुझ्ने र ग्रहण गर्नेमा एकरुपपता हुन नसकेको बताए ।
शुक्रबार २५६७ औँ बुद्ध जयन्ती मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृह त्याग गरी कठोर भन्दै परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेकोले आज पनि उत्तिकै महत्त्वपूर्ण मानिने गरिएको बताए ।
त्यसैगरी प्रधानमन्त्रीले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले त्यसलाई थप उपयोग गर्नुपर्ने बताए । सम्बोधनको क्रममा प्रधानमन्त्रीले सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसँगै कपिलवस्तु, देव दह, रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनीको रूपमा विकास गरिने बताए ।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, चिनियाँ राजदूत च्याङ सोङ, यूएनडीपीका नेपाल प्रतिनिधि एशियनी लादे, लुम्बिनीले विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सदस्य सचिव सानुराज शाक्यले लुम्बिनीको महत्त्व आ आफ्नो धारण राखेका थिए । प्र
धानमन्त्री सम्बोधन गर्नु आगाडि बिहान लुम्बिनीमा शान्ति र्याली निकालिएको थियो । बुद्ध जयन्ती भोलिसम्म विभिन्न कार्यक्रम गर्दै लुम्बिनीमा मनाइँदै छ ।