आज :

रुसको राष्ट्रपति भवनमा ड्रोन हमलापछि पुटिनको आदेश- जेलेन्स्कीलाई मारिदेउ !

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनले रुसको राष्ट्रपति भवनमा ड्रोन हमला गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आक्रोसित भएका छन् । उक्त हमलाको जिम्मा लिँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हमला गर्ने चेतावनी दिएपछि लगत्तै पुटिनले उच्च सुरक्षा अधिकारीलाई नयाँ आदेश दिएका छन् ।

मस्कोस्थित क्रेमलिनमै रहेका पुटिनलाई नै लक्षित गरी ड्रोन हमला भएको रुसी संचारमाध्यमहरुले जनाएका छन् । तर, रडार सिस्टमले उक्त ड्रोनलाई बीचमै खसाएको थियो । भारतीय संचारमाध्यमहरुले प्रसारण गरेको भिडियो फुटेजमा क्रेमलिनस्थित रुसी झण्डा नजिक ड्रोन पुगेलगत्तै रेडार वारफेयर सिस्टमले विस्फोट गराएको छ ।

नजिकै दुई जना हिडिरहेको पनि फुटेजमा देख्न सकिन्छ । रडार सिस्टमले विस्फोट गराइएको ड्रोनमा आगोको लप्का देखिएको छ । संसद भवनमा नजिकै विस्फोट भएपनि क्षति नभएको बताइएको छ ।

रुसले उक्त घटनालाई आतंकवादी हमला भएको भन्दै त्यसको कल्पना गर्न नसकिने जवाफ दिने बताएको छ ।
युक्रेनले लामो दूरीको ड्रोनबाट हमला गरेको हो वा नजिकैबाट उडाइएको हो भन्ने कुरा नखुलेको बताइएको छ । उक्त ड्रोन अमेरिकाले दिएको हो ।

आफ्नो देश छोडेर फिनल्याण्ड पुगेका युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हमला जारी राख्ने बताएका छन् । उनले आफ्नो देश छोडिसकेको बताइएको छ ।

यसैबीच राष्ट्रपति पुटिनले उच्च अधिकारीलाई आपत्तिकालि बैठकमा जेलेन्स्कीलाई मार्न आदेश दिएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

यो घटनाले रुस थप आक्रोसित हुने र युक्रेनमा थप हमला गर्न सक्ने विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal