
काठमाडौँ । अखिल नेपाल ट्रेड यूनियन महासंघको अध्यक्षमा पुनः जगत सिंखडा निर्वाचित भएका छन् । बुधबार साँझ सम्पन्न महासंघको आठौं राष्ट्रिय महाधिवेशनले सिंखडाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो ।
काठमाडौँको कमलादीमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले महाधिवेशनको उद्घाटन गरेका थिए ।