आज :

एमाले सचिव टोपबहादुर रायमाझी प्रहरीको घेराभित्र, जतिखेर पनि पक्राउ पर्न सक्ने 

  • अनलाइन डबली

काठमाडौं । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउको तयारी गरेको छ । नेकपा एमालेका सचिव समेत रहेका रायमाझी प्रहरीको अनुसन्धान घेराभित्रै रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनी सुरक्षा घेराभित्रै रहेको र जतिखेर पनि पक्राउ गर्न सक्छन् ।

रायमाझीका छोरा सन्दीप पक्राउ पर्दा गृह जिल्लाको एक कार्यक्रममा सहभागी थिए । उनी काठमाडौं पुगे नपुगेको केही बताउन नचाहेको प्रहरी स्रोतले भन्यो-‘उहाँ हाम्रो घेराभित्रै हुनुहुन्छ, सबै सूचना प्राप्त भइरहेको छ, हाम्रो टोलीले बुझिरहेको छ ।’

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेमा मुछिएका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

पीडितको बयनका आधामा टोपबहादुर पनि उक्त घटनामा संलग्न भएको प्रहरीले बताएको छ । पीडितलाई नक्कली शणार्थी कार्ड बनाएर अमेरिका पठाइदिन सन्दीपले पैसा लिएको चेक नै सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal