आज :

विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस्’ भन्दै नेपाल पत्रकार महासंघको अगुवाईमा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

सन् १९९३ मा संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको दिनको सम्झनामा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउन  थालिएको हो ।

संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

युनेस्कोले यसको नारा ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ ।

नेपाल पत्रकार महासंघले आज प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal