
काठमाडौं। दार्चुला र बझाङमा हिमपहिरो गएको छ । दार्चुलाको ब्याँस गाउँपालिका १ बोलिनमा मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा थियो ।
प्रहरीका अनुसार यार्सागुम्बा टिप्न गएका ८ जना सर्वसाधारण हिमपहिरोमा परेका छन् ।
केही दिनदेखिको मौसम बदलीसँगै थप हिमपात भएको थियो । असिना र हिमपात भएपछि पहिरो आएको स्थानीयले बताएका छन् । हिमपहिरो गएको क्षेत्रमा सुरक्षाकर्मीको टोली पुगेको छ ।
यसैबीच बझाङको सुर्मा गाउँपालिका १ मा गएराति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बोहरासहित स्थानीय यार्सा टिप्न सो क्षेत्रमा पुगेका थिए । खोजीका लागि प्रहरी टोली घटनास्थल पुगेपनि उनको अवस्थाबारे थप जानकारी आउन सकेको छैन ।