
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएको छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा कुल ८२ प्रदेश सभा सदस्यमा मुख्यमन्त्री चौधरीले ५३ जनाको विश्वासको मत पाउनु भएको हो । माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरेका हुन् लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका चौधरीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी लगायत सत्तारुढ गठबन्धनमा रहेका ८ दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । नेकपा एमालेका प्रदेशसभा सदस्यले विपक्षमा मत दिएका थिए , भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।