आज :

सूचना तथा संचार प्रविधि दिवसको अबसरमा प्रधानमन्त्रीको शुभकामना- जनताको जीवनमा रुपान्तरण ल्याउन अपील

  • महेश शर्मा

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीब्र विकास गरी यसको माध्यमबाट आम जनताको जीवनमा रुपान्तरण ल्याउनका लागि अपिल गर्नुभएको छ । छैटौं सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेको बताउँदै सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउने सन्दर्भमा पनि सूचना तथा सञ्चार प्रविधि थप सहयोगी बन्दै गइरहेको बताउनुभयाे ।

यस्तो छ प्रधानमन्त्रीको शुभकामना सन्देशः 

“सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाउन थालिएको छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढिरहेको छ । सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् । पछिल्लो समयमा सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउने सन्दर्भमा पनि सूचना तथा सञ्चार प्रविधि थप सहयोगी बन्दै गइरहेको छ ।

सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त छ । यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानूनी व्यवस्थाका लागि सरकारी प्रतिवद्ध रहेको छ । नेपाल सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको छ । साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति नियम र संचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको छ । चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन कार्य भइरहेको छ ।

सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने छ । दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि लागि सबै जिल्लाहरुमा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको छ । अफ्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूत गतिमा अघि बढाइएको छ । आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउने सरकारको लक्ष्य रहेको छ ।

अन्त्यमा, सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीब्र विकास गरी यसको माध्यमबाट आम जनताको जीवनमा रुपान्तरण ल्याउनका लागि म सम्बद्ध सबै पक्षसँग अपिल गर्न चाहन्छु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal