आज :

एसीसी प्रिमियर कपः उपाधिको लागि आज नेपालले ‍यूएईसँग भिड्दै, निः शुल्क प्रवेश

  • अनलाइन डबली

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । हिजो वर्षाका कारण स्थगित आज त्रिवि क्रिकेट मैदानमा पुनः उस्तै अवस्थामा सुरु हुने भएको हो ।

नेपालले सुरुवाती राम्रो प्रदर्शन गरेको छ । नेपालले हिजोकै अवस्थामा आज खेल्यो भने उपाधि जित्ने दाबी समर्थकहरुले गरेका छन् ।

कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा छ । आजको ‘रिजर्भ डे’ मा बिहान ९ बजे यूएईले खेल थाल्नेछ । नेपाली स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक विकेटको नजिक छन् । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ ।

ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । एकदिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार फाइनल खेल हेर्न नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal