काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक न्यायसहितको समृद्धिबाट आम श्रमजीवी वर्गको जीवनमा रुपान्तरण ल्याउन सम्भव भएको बताउनुभएको छ ।
१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा शुभकामना सन्देश दिँदै मन्त्री शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिने बताउनुभयो ।
शिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारीलगायतका मौलिक हकको कार्यान्वयनबाट पनि श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको बताउनुभयो ।
सरकारको प्रवक्ता समेत रहनुभएकी शर्माले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्र अवलम्बन गरेर पुँजी र श्रमको उचित संयोजनमार्फत समृद्धि हालिस गर्ने संभावना फराकिलो बन्दै गएको बताउनुभयो ।
राजनीतिक उपलब्धिको जगमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमार्फत आम जनताको जीवनमा परिवर्तन ल्याउन प्रण गर्नुपर्ने बेला आएको उहाँको सन्देशमा उल्लेख छ ।