आज :

रैथाने ज्ञान र सीपको महत्व झनै बढेको छः मन्त्री किराती

  • अनलाइन डबली

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रैथाने ज्ञान र सीपको महत्व अहिलेको समयमा झनै बढेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४ औं प्राज्ञ सभाको उद्घाटन गर्दै किरातीले मान्छेबाट मान्छेमा सर्ने उक्त ज्ञानलाई संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको बताउनुभयो ।

“समाजमा रहेको मूल्य मान्यताको संरक्षण गर्न रैथाने विश्वविद्यालयको कुरा गरेको हो” मन्त्री किरातीले भन्नुभयो । मोतिराम भट्ट, लक्ष्मी प्रसाद देवकोटा, नेल्सन मण्डेलाको उदाहरण दिँदै एक बारको जीवनमा सबैले सम्झिने गरी काम गनुपर्ने कुरामा जोड दिँदै किरातीले भन्नुभयो, “सबैले राम्रो काम गरौं । हामी अजम्बरी छैनौं । मान्छे कामले बाँच्ने हो ।”

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशिला सिर्पालीले प्रतिष्ठानले नीति निर्माण गर्दा २२ सालको भन्दा ८० सालको कुराले निर्धारण गर्न आवश्यक भएको धारणा राख्नुभयो । उहाँले सबैजना नयाँ युग सुहाउँदो र संविधानले मागेको कुरासँग जोडिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलले भाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमा प्रदेशसँग जोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख, जीवित संग्रहालयको विषयमा काम गर्न जरुरी भएको बताउनुभयो । उहाँले यस विषयमा समाजलाई सही ढंगको सूचना सम्प्रेषण गर्न कक्षा सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाई छ । प्रतिष्ठानले ठोस रुपमा योगदान पुग्न सक्नेगरी काम गरिरहँदा अन्तबाट रकमान्तर गरेर पनि काम अघि बढाउन सकिने धारणा उहाँको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अग्रज कलाकारहरुले, बौद्धिक वर्गले, प्राज्ञ सभाले आफ्नो भूगोल, माटो सुहाउँदो आफ्नो हुटहुटी लिएर आएको बताउँदै प्राज्ञ सभा एउटा निश्कर्षमा पुग्ने धारणा राख्नुभयो ।

समारोहमा मूर्तिकार नरेन्द्र प्रसाद भण्डारीद्वारा लिखित पुस्तक ‘समसामयिक नेपाली मूर्तिकला र मूर्तिकार’को समेत सार्वजनिक गरियो । पुस्तक सार्वजनिक भएपश्चात कार्यक्रममा बोल्दै भण्डारीले भन्नुभयो, ‘मेरो पुस्तकले अनुसन्धानको क्रममा धेरै मूर्तिकारहरुलाई समेटेको छ । तपाईहरुले सल्लाह, सुझाव दिनुहोला । नेपाली कलाको विकासका लागि हामीलाई जुन जिम्मेवारी दिइएको छ । त्यसमा हामीले मूलतः नीति निर्माणमा हस्ताक्षर मात्र गर्ने छैनौं । नयाँ ढंगले सहयोग पनि गर्नेछौं ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै एकेडेमी एउटै विधामा पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘रंग हामीलाई चाहिन्छ । हामीले पनि बुझ्नुपर्छ । डान्स, नाटकमा प्रयोग हुन्छ । सेट गर्दा मिक्स हुन्छ । लाइटलाई प्रयोग गर्दा जरुरी हुन्छ ।’ आफूलाई पनि आगामी दिनमा सल्लाह र सुझाव दिन आग्रह गर्दै उहाँले सबै एकेडेमी मिलेर काम गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो ।

बाग्मती प्रदेशका सांसद सरल सहयात्रीले यस सभाले आगामी दिनको लागि महत्वपूर्ण आधारशिला खडा गरोस् भन्ने कामना गर्नुभयो । उहाँले अब दिनमा प्रतिष्ठानले परम्परागत प्रतिष्ठान धान्ने रुपमा मात्र काम गर्ने नभइ गहिराइमा पुगेर दीर्घकालिन रुपमा प्रभाव पार्ने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपालका रैथाने र परम्परागत कला तथा ज्ञानको संरक्षणमा ध्यान दिँदै त्यसलाई सुक्ष्म र बृहत दुवै तवरले खोज, अनुसन्धानमा समेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको क्षेत्रमा अहिले चुनौतिसँगै नयाँ अवसर समेत रहेको बताउनुभयो । उहाँले नीतिगत तथा संरचनागत तहमा प्रतिष्ठानले यस कार्यकालमा धेरै काम गर्न उद्देश्य राखेर अघि बढेको बताउँदै त्यसको नतिजा पनि केही समय पछि देखिने धारणा राख्नुभयो ।

समारोहमा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको महत्वपूर्ण सहभागिता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal