काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच पहिलो चरणको वार्ता सकारात्मक बनेको छ । सरकारले सोमबारसम्ममा पूरा गर्ने प्रतिबद्धता जनाएको पुनले जानकारी दिए ।
संचारकर्मीसँग कुरा गर्दै पुनले आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पूरा सहमति भएको बताए । पुन आइतबारदेखि माइतीघरमा विभिन्न माग राख्दै धर्ना सुरु गरेपछि प्रधानमन्त्री प्रचण्डले वार्ताको लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई निर्देशन दिनुभएको थियो ।
“प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काज्यूको अफिसमा हामीलाई बोलाउनु भयो । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नुभयो । अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ” संचारकर्मीसँग पुनले भने । उनले छलफल अत्यन्त सकारात्मक भएकाले नतिजा निस्कनेमा विश्वास व्यक्त गरे।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए।