
काठमाडौँ । काठमाडौं उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रमा बर्षा भएको छ । शुक्रबारबाट स्थानीय र पश्चिमी वायुको प्रभाव कारण धेरै स्थानमा मौसम बदली भएको थियो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरैजसो पहाडी भेगमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा पनि वर्षा भइरहेको छ ।
त्यसैगरी रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने यो अवस्था आइतबारसम्म रहनेछ ।
महाशाखाका अनुसार आइतबार मौसम बदली र वर्षा अझै धेरै हुनेछ । भोलि देशका तराईसहित सबैजसो ठाउँमा बदली भएर धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययमसम्मको वर्षा हुने सम्भावना रहेको छ ।
मेघ गर्जन र चट्याङको सम्भावना धेरै रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।