आज :

सरकार कडा रुपमा प्रस्तुत हुँदै: ३३ वटा निर्माण व्यवसायीको इजाजतपत्र खारेज, ९ कम्पनीलाई प्रश्न 

  • अनलाइन डबली

काठमाडौं । सरकार निर्माण क्षेत्रमा भइरहेको अराजतकताविरुद्ध कठोर हुने देखिएको छ । सरकारले नविकरण नगरी काम गर्न खोज्ने ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ ।

सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।

यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सरकारले थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई प्रश्न सोधेको छ । प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित जवाफ सोधेको छ ।

यसअघि समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

सरकारले पुनः ७ दिने सा‍र्वजनिक सूचना प्रकाशित गरेर ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । समयसीमा भित्र चित्त बुझ्दो जवाफ नआए काम गर्न नपाउने गरी कम्पनी कालो सूचीमा राख्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal