
काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने आज अन्तिम दिन । दुबै प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले विश्वसको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।
सत्ता गठबन्धनको घटक नेपाली काँग्रेसले दुबै प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको दाबी गरेपछि सहमति हुन सकेको छैन । काँग्रेसका कारण दाबी पेश गर्न विलम्ब भइरहेको छ ।
दुबै प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसकेको छ । तर कसले पहिले नेतृत्व गर्ने विषयमा सहमति हुन सकेको छैन ।
दुबै प्रदेशमा काँग्रेसको दाबीका कारण अन्तिम दिनसम्म पनि कुनै सहमति हुन सकेको छैन ।
प्रदेश प्रमुखले बहुमतको सरकार गठनको लागि दिएको समयसीमा आज ४ बजे सकिँदैछ ।
लुम्बिनी प्रदेशको नेतृत्व दिन माओवादीले तयार भएको थियो । तर गण्डकी प्रदेशमा पनि काँग्रेसले आफ्नै नेतृत्व दाबी गरेपछि सहमति जुट्न नसकेको हो ।
प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् ।