आज :

नेपाललाई युक्रेन बनाउने खेल सतहमाः बास्तोला

  • अनलाइन डबली

नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् ।
प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए । उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको संकेत उपचुनावको परिणामले गरेको बताए ।

“एमसीसी, एसपीपीजस्ता राष्ट्रघाती परियोजना लागु गरी नेपाललाई विदेशीको खेल मैदान बनाउन शक्तिकेन्द्रहरु लागि परेका छन् । सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताकै कारण विदेशीले खेल्न पाएका हुन् । यही मौकामा विदेशीले केही नयाँ पात्र अगाडि सारेर आफ्नो बर्चश्व बढाउन लागि परेका छन्” बास्तोलाले भने । उनले नयाँ शक्तिको नाममा देशलाई युक्रेन बनाउन खेल सतहमा आउन थालेको दाबी समेत गरे ।

कार्यक्रममा नाटककार विजय विष्फोटले थपलियाको नाटक ‘कमरेड फिप्टी पर्सेन्ट’ अनिल बारबेको विश्व चर्चित नाटक ‘थ्याङ्क्यू मिस्टर गल्याड’ को स्तरको नाटक भएको बताए । विष्फोटले प्रयोगका हिसाबले नयाँ र बिचारका हिसाबले शसक्त रहेकोले अध्ययन गर्न योग्य भएको बताए ।

समालोचक बद्रि चौलागाईले वर्तमान राजनीतिक विश्वका बिकृति र विसंगतिलाई प्रहार गरेको धारणा राखे । अशोक सुवेदीले मार्कसवादी दृष्टिबाट शसक्त भएको बताउँदै मार्कसवादी लेखनको चर्चा गरे ।

लेखक थपलियाले केही कमजोरी भएपनि पुस्तकमा आफू इमान्दार भएका दाबी गरे । चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रक्षानमा पु¥याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।

कार्यक्रममा नेकपा बहुमतका कार्यालय सदस्य उदयबहादुर चलाउने, लालबहादुर बिसी, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी, वाम विश्लेषक, नरेन्द्रजंग पीटर, भूरी पुरण प्रकाशनका प्रकाशक केशव पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे संचलान लेखक तथा पत्रकार अम्विका चलाउनेले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal