आज :

तीन दिनभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न गण्डकी प्रदेशकाे गरे आह्वान

  • अनलाइन डबली

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेका छन् । मंगलबार दिउँसो गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न प्रदेश प्रमुख गुरुङले आह्वान गरेका हुन् ।

पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।

१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए । तर, एमालेका २२ र राप्रपाका २ सदस्यले मात्र पक्षमा मत दिएर कांग्रेसका २७, माओवादीका ७ ९सभामुखबाहेक० र स्वतन्त्र सांस्द जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ जनाले विपक्षमा मत दिँदा ९ गते शनिबार अधिकारी सरकार ढलेको थियो ।

उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अब उपधारा ३ बमोजिम ठूलो दलका हैसियतले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कांग्रेसको अडान थियो ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता चुमानले भने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेकाले उपधारा दुई बमोजिम नै सरकार गठन हुने र आफू नै पहिलो चरणमा मुख्यमन्त्री हुने दाबी गरेका थिए । चुमानले उपधारा ३ बमोजिम सरकार गठन भए विश्वासको मत नदिनेसम्मको चेतावनी दिएका थिए ।

प्रदेश प्रमुख गुरुङले कानुन व्यवसायीहरुसँगको परामर्शपछि मंगलबार बहुमतको सरकार गठनको लागि आह्वान गरेको बताइएको छ । काँग्रेसले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्नुपर्ने बताउँदै आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal