
सोलुसन समाजले ५५ जना ज्येष्ठ नागरिकको सम्मान गरेको छ । सोलुसन समाजद्वारा आइतवार
राजधानीमा आयोजित कार्यक्रममा ललितपुर, भक्तपुर, चन्द्रागिरीका ७५ वर्षभन्दा
माथिका ५५ जना ज्येष्ठ नागरिकलाई हट व्याग र पदम श्रेष्ठद्धारा लिखित योगदानी
व्यक्तित्व (समाजका कुशल अभियन्ता ) नामक पुस्तकसहित सम्मान गरिएको हो , समाजले
अध्यात्म एवं रक्तदान, छाला दान र आँखा दानको माध्यमबाट व्यवहारिक रूपमा
समाजसेवाको काम सँगसगै गर्दै आएको छ ।
समाजका संस्थापक अध्यक्ष साधुराम महर्जनले कोरोना महामारीमा समेत नौहजार दुई सय
पिन्ट रगत सब्कलन गरेर विरामीको ज्यान बचाउने अभियानलाई निरन्तरता दिएको स्मरण
गर्नुभयो ।
उहाँले सो समाजले करिब ६० वटा सामाजिक सब्घ संस्थासँग सहकार्य गरेर रक्तदान, छाला दान र
आँखा दानको महत्वबारे जागरणमुलक कार्यक्रम, शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।
विशेष गरी अध्यात्मिक चेतना अभिवृद्धि गर्ने, मानव जीवनलाई सार्थक बनाउन आफुले सकेको
सहयोग अन्यलाई उपलब्ध गराउने अभियानमा समाजले आफ्ना अग्रज आमाबुवा, समाजमा
ज्येष्ठ नागरिकको सम्मान गर्ने पद्धती बसाल्न हरेक वर्ष वैशाख महिनामै ज्येष्ठ नागरिकलाई
सम्मान गर्दै आएको समाजले जनाएको छ ।
संस्थापक अध्यक्ष महर्जनले ज्येष्ठ नागरिकलाई जोर्नी तथा शरीरका विभिन्न भागमा पिडा
हुँदा हट व्याग आवश्यक पर्ने भएकोले व्यवहारिक रूपमा काम लाग्ने बस्तु हट व्याग र
ज्ञानको भण्डार पुस्तक प्रदान गरेर सम्मान गरेको बताउनुभयो ।