काठमाडौँ । ठूलो दुर्घटनाबाट बालबाल बचेको फ्लाई दुबईको जहाज गन्तव्यतिर लागेको छ । सोमबार राति उड्ने वित्तिकै एउटा इन्जिनमा समस्या आएर झिल्का र विस्फोटको आवाज सुनिएको थियो ।
फोर्स ल्याण्डनको लागि अनुमति पाएपनि पाइलटले केहीबेर आकाशमै होल्ड गरेर जहाजको कन्डिसन बुझेका थिए । गन्तव्यतिर जान सक्ने अवस्थामा जहाज रहेको भन्दै होल्डबाट बाहिर निकालेका थिए ।
त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो ।
पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिएपछि जहाज गन्तव्यतिर लागेको थियो ।