आज :

फ्लाइ दुबईको जहाज काठमाडौंको आकाशमै, गन्तव्यतिर जाँदै तर इमरजेन्सी साइरन बज्यो

  • अनलाइन डबली

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाजमा एकाएक ठूलो आवाजसहित आगाेको झिल्को देखियो । असमस्या  झिल्को देखिएपछि वरपरको उज्यालो भएको थियो ।

केही समय काठमाडौंको आकाशमा रहेको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरणको लागि अनुमति दिइएको थियो तर पाइलटले गन्तव्यतिर जाने जानकारी दिएका छन् ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमान गन्तव्यतर्फ गएको बताएका छन् । किरातीले फेसबुकमा लेखेका छन्- फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा  ।

तर अहिले पनि जहाज काठमाडौंकै आकाशमा रहेको बताइएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार जहाजको एउटा इन्जिन फेल भएको छ ।

जहाज फर्किन सक्ने भन्दै विमानस्थलमा दमकल र एम्बुलेन्सको साथै सुरक्षा दस्ता तयारी अवस्थामा राखिएको छ ।

अहिले विमानस्थलमा इमरजेन्सी साइरन बजिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal