काठमाडौं । उपचुनाव अन्तरगत तनहुँको जारी मत गणनाको पछिल्लो ताजा अवस्था सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि लिएको अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो विवरण अनुसार वाग्लेले ५४२० मत ल्याएर अग्रता कायमै राखेका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २५३१ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनालले १५२९ मत पाएका छन् ।