आज :

लुम्बिनीमा अर्बौका ठेक्कामा उपाध्यक्ष त्रिपाठीको ‘सेटिङ’, आफन्तको नाममा जग्गा, दाताको रकम हिनामिना

  • अनलाइन डबली

काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तय) को पाँच वर्षे कार्यकाल उत्तार्धमा आउँदै गर्दा उनका कुकर्महरु सार्वजनिक हुन थालेका छन् । विश्वका वौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी क्षेत्रलाई त्रिपाठीले मागिखाने भाँडो बनाएका छन् ।

उपाध्यक्ष त्रिपाठीले दाताको रकम चरम दुरुपयोग गरेर कोषको नाममा रहेको जग्गा परिवार र आफन्तको नाममा बनाएको आरोप पनि लागेको छ ।

उपाध्यक्ष त्रिपाठीले नियम विपरित कसाई होटललाई थप जग्गा दिएको, मायादेवि मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुलाई (अजिंगर लगायत) नष्ट गरी त्यहाँ बनिसकेको पोखरीमा २२ करोडको ठेक्का दिएको भन्दै रकमको अपचलन गरेका छन् ।

कोष परिसर भित्र नविकरण नभएका संघसंस्थाहरुलाई कामको जिम्मेवारी दिएका छन् । नियम विपरित सभा हल निजी कम्पनीलाई दिने प्रक्रिया अगाडि बढाएको एक पदाधिकारीले बताए ।

त्यसैगरी कमिसनको खेलमा संग्रालय २५ वर्षका लागि निजी कम्पनीलाई दिएको र उक्त कम्पनीबाट प्राप्त हुने आम्दानीको विवरण हालसम्म उपलब्ध नगराएको एक कर्मचारी बताउछन् ।

कोषभित्र ८ अर्ब बराबरका विभिन्न निर्माण कार्यहरु भइरहेको तर कुनकुन निर्माण कम्पनीलाइ ठेक्का दिएको भन्ने कुरा उपाध्यक्षले नै लुकाएको बताइएको छ ।

यसअघि त्रिपाठीले ‘सेटिङ’ मा निर्माण कार्यमा चरम भ्रष्टाचार गरेको भन्दै २०७६ माघ ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सचिवस्तरको निर्णयबाट छानबिन समिति गठन भएको थियो । तर, त्रिपाठीले राजनीतिक शक्तिको दुरुपयोग गरेर उक्त प्रतिवेदनलाई गुपचुप राख्न लगाएको मन्त्रालय स्रोतको दाबी छ ।

विकास कोषको आम्दानी र खर्च अपारदर्शी बनाएको, नेकपा एमालेका कार्यकर्ता भर्ति केन्द्र बनाएको, स्थानीय समुदायको अपनत्व गराउन नसकेको कोषकै सदस्यहरु बताउँछन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal