आज :

खालिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ, नेपालमा लुकेकाे आरोप झुट सावित

  • अनलाइन डबली

काठमाडौँ । खालिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ परेका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन् ।

अमृतपालले शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ को लागि संघर्ष गर्दै आएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार उनलाई आसामको दिब्रुगढ जेलमा पठाउने तयारी छ । त्यहाँ उनका अन्य सदस्यहरुलाई पहिले नै पक्राउ गरि राखिएको छ ।

भारतले सिंह नेपालमा लुकेर बसेको हुनसक्ने आशंका गरेको थियो । काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग उनलाई विदेश जारी अनुमति नदिन आग्रह गरेको थियो । उनी पञ्जावबाट नेपाल आएको दाबी दूतावासको आरोप थियो ।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको थियो । पत्रमा सिंह नेपालमा लुकेर बसेको भन्दै नेपालबाट भाग्न खोजे पक्राउ गर्न आग्रह गरिएको थियो ।

भारतको आरोप सेलाउन नपाउँदै राष्ट्रिय सुरक्षा ऐन अनुसार उनलाई पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको छ ।

सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तानको लागि आदिवासीहरुले सुरु गरेको उत्कर्षमा पुगेको थियो । भारतले दमन गरेपछि तितरवितर भएको खालिस्तानी आन्दोलन फेरि जुर्मुराउन थालेको छ ।

खालिस्तानका दोस्रो पुस्ताका नेताहरुले संघर्ष उठान गर्दै गर्दा सिंह गिरफ्तार परेका छन् । ३० वर्षीय सिंहले खालिस्तान स्थापनाको लागि युवाहरुलाई संगठित गरिरहेको भारतीय संचारमाध्यमहरले जनाएका छन् ।

केही समयअघि खलिस्तान समर्थकहरुले बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएका थिए । यो घटनाले भारतमा ठूलो हलचल मच्चिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal