
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेनन् । अधिकारीले शनिबार प्रदेशसभामा विश्वसको मत सम्बन्धी प्रस्ताव राखेका थिए ।
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।
अधिकारीले २४ मत मात्रै पाए भने विपक्षमा ३५ मत पर्यो । प्रदेशसभामा भएको भोटिङमा जम्मा ५९ मत खसेको थियो । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुनेमा मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।
योसँगै नेकपा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
अब गण्डकी प्रदेशमा माओवादी केन्द्र, नेपाली काँग्रेससहितका सरकार गठन हुने भएको छ ।