
काठमाण्डौँ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ निर्वाचन क्षेत्र पुगेकी छन् । धनगढी विमानस्थलबाट सिधै करागारा पुगेर थारुहटका बन्दीहरुलाई भेटेर श्रेष्ठ निर्वाचन क्षेत्र पुगेकी हुन् ।
बन्दीहरुको कुरा सुनेपछि मन्त्री श्रेष्ठले रिहाईका लागि सरकारसँग पटकपटक बार्ता गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने जानकारी दिइन् ।
चैत्र १७ गते मन्त्री नियुक्ति भएकी मन्त्री वैशाख ८ गते पहिलो पटक सुदूरपश्चिम प्रदेश गरिन् । सचिवालय सदस्य रमेश बिकले मन्त्री श्रेष्ठले आफ्नो जग नबिर्सेको बताए ।
मन्त्री श्रेष्ठले गौरिगङ्गा नगरपालिकाका मुक्तकमैया, कमलरीहरुलाई आफ्नै पालामा जमिन उपलब्ध गराउने प्रतिबद्धता दिईन् । यस्तै कैलालीका मुक्तकमैया शिबिरमा भेटघाटका साथै कमैयाहरुलाई सम्बोधन तथा भूमी सम्बन्धी समस्याको समाधान गर्ने प्रतिबद्धता गरिन् ।
यस्तै मन्त्री श्रेष्ठले रानिजमरा कुलरिया सिचाइ आयोजनाका कार्यकारी निर्देशकलाई भेटेर आयोजनाको बारेमा जानकारी लिँदै छिटो भन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिईन् ।
मन्त्रीले कैलालीको धनगढीमा रहेको जिल्ला मालपोत तथा नापी कार्यालयको निरीक्षण गरि सेवाग्राहीहरुलाई सहज र सरल सेवा सुबिधाका दिन कर्मचारीलाई निर्देशन दिईन् ।