
काठमाडौँ । वौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी क्षेत्रलाई केही व्यक्तिहरुको कमाई खाने थलो भएको कुरा नयाँ होइन । यहाँ विभिन्न संरचना निर्माण मनपरी भइरहेको छ भने लुम्बिनी विकास कोषलाई आफन्त भर्ती केन्द्र भइएको छ ।
वुद्ध जयन्ती आउँदै गर्दा कोषको वर्तमान नेतृत्वले आफूखुशी निर्माण ठेक्कादेखि दाताहरुको रकम हिनामिना गरिरहेको खुसाला हुन थालेका छन् ।
कोषका उपाध्यक्ष अबधेश कुमार त्रिपाठीले गुरुयोजना विपरितका कार्य गराईरहेका छन् । कोषको परिसरको महायान पोखरीमा गुरुयोजना विपरित अनाधिकृत बुद्धको मुर्ति बनाउन त्रिपाठीले ठेक्का दिएका छन् । “त्यो ठाउँमा कुनै संरचना बनाउन पाइँदैन तर उपाध्यक्षज्यूले नै मुर्ति बनाउन अनुमति दिनुभएको छ” कोषका एक सदस्यले भने ।
उपाध्यक्ष त्रिपाठीले नै रसियनलगायत विभिन्न प्लटहरु पनि आफूखुशी वितरण गरेको आरोप लागेको छ । यो विषय महालेखा परीक्षणको कार्यालायलाई समेत लुकाएको बताइएको छ ।
त्यसैगरी अध्यक्ष त्रिपाठीले समयमै काम नगरेको भन्दै सोके जापानलगाय सम्झौताहरु खारेज गरेका छन् तर गुम्बा तथा भौतिक संरचनामा काम सम्पन्न नगर्ने संस्थाहरुको सम्झौताहरु अनिश्चितकालका लागि समयमाबधि बढाउँदै लगेका छन् ।
यस विषयमा त्रिपाठीसँग बुझ्न खोज्दा फोन उठाएनन् ।
केही दिन पहिले मात्रै अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहलमा पानी चुहिएको सार्वजनिक भएको थियो । लुम्बिनी विकास कोषले लुम्बिनी अर्घाखाँची बाबुल जे.भि. लाई ठेक्का दिएको थियो । पर्यटन मन्त्रीको निर्देशनमा भुक्तानी रोकिएको थियो ।
कमिसनकै खेलमा ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको हल बनाउन ७५ करोड रुपैयाँ बढी खर्च भएको विकास कोषको दाबी गरेको छ । पहिलो र दोस्रो चरणमा काम भएपनि कमसल निर्माण सामाग्रीकै कारण चुहिएको आरोप लागेको छ । पहिलो चरण अनक अर्घाखाँची, बाबुल जेभीले २८ करोड १३ लाख रुपैयाँको काम गरेको थियो भने दोस्रो चरणको काम लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले ३४ करोड ९५ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
६ बर्षसक्ने गरी जापानी आर्किटेक्ट केन्जो टांगेले लुम्बिनीको गुरुयोजना बनाएका थिए । उक्त गुरुयोजना भित्र २०४२ मा लुम्बिनी विकास कोष ऐनअनुसार लुम्बिनी विकास कोष गठन भएपछि २०५५ सालपछि गुरुयोजनाको काम शुरु भएको थियो ।